प्रचण्ड सरकारमा विष्णु, नारायणकाजी र रवि उपप्रधानमन्त्री

काठमाडौं, ११ पुस । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको जनाइएको छ ।

पौडेल गृहमन्त्री बन्‍ने सम्भावना प्रवल छ भने अन्यको मन्त्रालय टुङ्गिन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय