प्रचण्डले दौरासुरुवाल लगाएर सपथ लिने !

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरासुरुवाल लगाएर प्रधानमन्त्रीको सपथ लिने भएका छन् । उनको आज दिउँसो ४ बजे राष्ट्रपति भवनमा सपथ खाने कार्यक्रम छ ।

नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बन्न लागेका प्रचण्डले पहिलोपटक दौरासुरुवाल लगाउन लागेका हुन । स्रोतका अनुसार उनको नापको दौरासुरुवाल तयार गर्न उनले सचिवालयलाई जिम्मा दिइसकेका छन् ।

प्रचण्डको घरमा दौरासुरुवाल छैन । त्यसैले रेडीमेड किन्न अर्डर दिइएको हो ।

प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दौरासुरुवाल लगाएर सपथ लिन भनेका थिए ।

प्रचण्डले आजै सानो आकारको मन्त्री मण्डल बनाउने छन् । त्यसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ मन्त्री हुनेछन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय