मनकामना केबलकारको सेवा अनिश्‍चितकालका लागि बन्द

गोरखा, ११ पुस । मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्युत आपूर्ति अनियमित हुँदा मनकामना केबलकारको प्यानलमा क्षति पुगेकाले सेवा बन्द गरिएको हो ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले तत्काल केबलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय