राजनीतिमा ‘यू टर्न’: नयाँ गठबन्धन बनेसँगै प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्री बनेका छन् । नेकपा एमाले, राप्रपा, रास्वपा जसपा र नाउपा सम्मिलित सरकार बन्‍ने निश्‍चित भएसँगै प्रधानमन्त्री बनेका हुन् ।

दिनभरको दौडधुप र छलफलपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेको हो । गठबन्धनमा अहिलेसम्म एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा जसपा जनमत पार्टी र नाउपा सहभागी छन् ।

नयाँ गठबन्धनभित्र प्रचण्डलाई प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति भएको छ । यद्यपि प्रचण्डलाई साढे दुई वर्षमात्रै प्रधानमन्त्री दिइने सहमति छ ।

एमालेले राष्ट्रपति र सभामुख पाउने तथा माओवादीले प्रधानमन्त्री र उपराष्टपति, जसपाले उपसभामुख र रास्वपा एवं राप्रपाले राम्रो मन्त्रालय रोजेर पाउने सहमति भएको छ ।

जसपालाई प्रदेस २ को मुख्यमन्त्री माओवादीलाई बागमती, कर्णाली र सुदुरपश्चिमको मुख्यमन्त्री तथा एमालेले गण्डकी,लुम्बिनी र प्रदेस १ मुख्यमन्त्री पाउने मोटामोटी सहमति छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय