सरकार गठनको दाबीका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

काठमाडौं, १० पुस । नयाँ सरकार गठन गर्नका लागि दाबी पेस गर्ने आज अन्तिम दिन रहेको छ । आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिँदै छ ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सकेमा प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीमा दाबी गर्न सकिनेछ ।

दलहरूले भने अन्तिम सहमति अझै गर्न सकेका छैनन् । सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे टुंगो लाग्‍न सकेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय