शाहरुख खानको छाला निकाल्ने धम्की कहाँबाट आयो ?

एजेन्सी, ९ पुस । नयाँ चलचित्र रिलिजको संघारमा रहेका भारतीय अभिनेता शाहरुख खानको छाला निकाल्नेसम्मको धम्की आउन थालेको छ ।

भारतीय सन्त जगतगुरु परमहंस आचार्यले अभिनेता खानको फिल्म ‘पठान’को विरोध गर्दै उनको छाला निकालेर जिउँदै जलाउने धम्की दिएको खबर बाहिर आएको छ ।

शाहरुखको आगामी फिल्म ‘पठान’को विवाद एउटा गितमा नायिकाले लगाएको ड्रेस र रंगका कारण भैरहेको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ सुरु भएको यो विवादले उग्र रुप लिदैगर्दा शाहरुखको छाला काढ्ने सम्मको अवस्था आएको हो ।

लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ । शाहरुख र दीपिकालगायत फिल्मको टिमविरुद्ध उजुरी दर्ता समेत भएको छ । अहिले उक्त फिल्मको विरोध गर्दै सन्त जगतगुरुले शाहरुखको छाला निकालेर जिउँदै जलाउने बताएका छन् ।

सन्त जगतगुरुले भनेका छन्, ‘पठान फिल्ममा भगवानको रङको अपमान गरिएको छ र हिन्दूहरूको भावनामा चोट पुर्‍याउने गरी यस्तो गरिएको छ । मानिसहरूले पैसा कमाउनको लागि यस्तो व्यापार गरेका हुन् । त्यसैले आज हामीले शाहरुख खानको पोस्टर जलाएका छौं । म त्यो दिनको प्रतिक्षामा छु, जुन दिन शाहरुख खान भेटिन्छ, म त्यो दिन उनको छाला निकालेर उनलाई जिउँदै जलाउनेछु ।’

सन्त जगतगुरु अगाडि भन्छन्, ‘मेरो मान्छेहरूले मुम्बईमा शाहरुखलाई खोजिरहेका छन् । यदि कसैले उनलाई भेटेर जिउँदै जलाए भने म उनको परिवारलाई आर्थिक सहयोग गर्नेछु।’

सन्त जगतगुरुले भगवा रङलाई घृणा गर्छौ भने तिम्रो धमनीमा बग्ने रंग पनि भगवा नै हो भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले सूर्यको रंग भगवा, आगोको रंग भगवा, शान्तिको प्रतीक र सनातन धर्ममा विश्वास गर्ने सबैको लागि भगवा गौरव रहेको बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय