करण बने ‘भ्वाइस अफ नेपाल-४’ को विजेता

काठमाडौं, ९ पुस । गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो संस्करणको विजेता करण राई बनेका छन् । टिम राजुबाट विजयी भएका उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।
टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भएकी छन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए ।
टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको हो ।

