यी हुन् आइपिएल २०२३ का १० महङ्गा खेलाडी

सन् २०२३ को संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटका लागि शुक्रबार भारतको कोचीमा अक्सन सम्पन्‍न भयो । अक्सनबाट यसपटक पनि रेकर्ड ब्रेकिङ मूल्यमा खेलाडीहरु बिकेका छन् ।

केही खेलाडीहरु बेस मूल्यमै बिकेको भएपनि केही खेलाडीहरुमा बोली लगाउन भने कडा प्रतिस्पर्धा भइरहेको थियो । यसपटकको अक्सनबाट महङ्गोमा बिकेका खेलाडीहरु हेरौं ।

साम करान, इंग्ल्यान्ड

इंग्ल्यान्डका बाँयाहाते अलराउन्डर साम करानलाई पञ्‍जाब किङ्सले १८ करोड ५० लाख भारु खर्चेर किनेको छ । यो आइपिएल इतिहासकै सर्वाधिक महङ्गो मूल्य हो । यसअघि २०१९ मा डेब्यु सिजन पनि उनले पञ्‍जाबबाटै खेलेका थिए ।

दुई महिनाअघि टी२० विश्‍वकपमा उत्कृष्ट प्रदर्शन गरेका उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

क्यामरन ग्रीन, अस्ट्रेलिया

अस्ट्रेलियाका युवा अलराउन्डर ग्रीन मुम्बई इन्डियन्सको टोलीमा आबद्ध भएका छन् । मुम्बईले उनलाई १७ करोड ५० लाख भारुमा किनेको हो । अस्ट्रेलियाका लागि ग्रीनले उत्कृष्ट प्रदशर्न गर्दै आएका छन् ।

बेन स्टोक्स, इंग्ल्यान्ड

इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्स पुनः एकपटक महेन्द्रसिंह धोनीसँगै खेल्ने भएका छन् । उनलाई चेन्‍नई सुपर किङ्सले १६ करोड २५ लाख भारुमा किनेको हो । यसअघि स्टोक्स सन् २०१६ र २०१७ मा राइजिङ पुने सुपरजाइन्ट्सबाट धोनीसँगै खेलेका थिए ।

निकोलस पूरन, वेस्ट इन्डिज

वेस्ट इन्डिजका बाँयाहाते विकेटकिपर ब्याटर निकोलस पूरनलाई यसपटक टोलीले महँगो बोली लगाए । उनी १६ करोड भारुमा लखनउ सुपरजाइन्ट्सबाट खेल्ने भएका हुन् । उनी विस्फोटक ब्याटिङका लागि परिचित छन् ।

ह्यारी ब्रुक, इंग्ल्यान्ड

इंग्ल्यान्डका युवा ब्याटर ह्‍यारी ब्रुक पछिल्लो समय टोलीका लागि शानदार प्रदर्शन गरिरहेका छन् । घरेलु क्रिकेटबाट चर्चा कमाएका उनी हाल राष्ट्रिय टोलीमा पनि समावेश छन् र टी२० सँगसँगै टेस्ट क्रिकेटमा पनि शानदार प्रदर्शन गर्दै आएका छन् । उनलाई सनराइजर्स हैदराबादले १३ करोड २५ लाख भारुमा किनेको हो ।

मयंक अगरवाल, भारत

मयंक यस वर्षको अक्सनमा सबैभन्दा महँगोमा बिक्ने भारतीय खेलाडी हुन् । उनी यसअघि पञ्‍जाब किङ्सका कप्तान रहेका थिए । उनलाई किन्‍न पञ्‍जाबले पनि बोली लगाएपनि केही समयमा छाडेको थियो । उनलाई सनराइजर्स हैदराबादले ८ करोड २५ लाख भारुमा किनेको हो ।

शिवम मावी, भारत

भारतीय युवा बलर शिवम मावी अनक्याप्ड प्लेयरका रुपमा रहेका छन् । उनलाई गुजरात टाइटन्सले ६ करोड भारुमा किनेको हो । यसअघि उनी कोलकाता नाइट राइडर्सबाट खेल्दै आएका थिए ।

जेसन होल्डर, वेस्ट इन्डिज

वेस्ट इन्डिजका अनुभवी अलराउन्डर होल्डरलाई राजस्थानले ५ करोड ७५ लाखमा किनेको छ । होल्डर यसअघि लखनउ सुपर जाइन्ट्सबाट खेलेका थिए भने त्यसअघि हैदराबादमा आबद्ध थिए ।

मुकेश कुमार, भारत

घरेलु क्रिकेटमा बेङ्गालबाट खेल्दै आएका तीव्र गतिका बलर मुकेश कुमारले आइपिएलमा डेब्यु गर्ने भएका छन् । उनलाई दिल्ली क्यापिटल्सले ५ करोड ५० लाख भारुमा किनेको हो ।

हेनरिच क्लासेन, दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका ब्याटर क्लासेनलाई सनराइजर्स हैदराबादले ५ करोड २५ लाख भारुमा किनेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...