साम करान आइपिएल इतिहासकै महङ्गा खेलाडी

काठमाडौं, ८ पुस । इंग्ल्यान्डका युवा अलराउन्डर साम करान इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगो मूल्यमा बिक्ने खेलाडी बनेका छन् ।

भारतको कोचीमा शुक्रबार जारी मिनी अक्सनमा करानलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको हो । यो आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य हो ।

२०२२ को आइपिएल नखेलेका करानले सन् २०२० र २०२१ को सिजन चेन्‍नई सुपर किङ्सबाट खेलेका थिए । त्यसअघि उनले २०१९ मा आइपिएल डेब्युमा पञ्‍जाबबाटै खेलेका थिए ।

जारी अक्सनमा त्यसपछि अस्ट्रेलियाका क्यामरन ग्रीनले सर्वाधिक रकम पाएका छन् । मुम्बई इन्डियन्सले ग्रीनलाई १७ करोड ५ लाख भारुमा किनेको छ ।

त्यसैगरी बेन स्टोक्सलाई चेन्‍नई सुपर किङ्सले १६ करोड २५ लाख भारु तथा निकोलस पूरनलाई लखनउ सुपर जायन्ट्सले १६ करोड भारुमा किनेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...