सडक विस्तारका लागि भरतपुरका अतिक्रमित संरचनामा चल्यो डोजर [फोटो फिचर]

३५ दिने सूचनाको वेवास्तापछि डोजर

प्रतिक भट्ट, चितवन, पुस ८ । चितवनको भरतपुरका बजार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन डोजर चलाइएको छ । नारायणगढ-गोन्द्राङ ६ लेन सडक विस्तार कार्यका लागि घरहरु भत्काउन थालिएको हो ।

३५ दिने सूचना जारी गरेर अल्टिमेटम दिँदा पनि वेवास्ता गरेपछि उक्त सडक क्षेत्रभित्र परेका घर तथा संरचनाहरु शुक्रबारदेखि भत्काउन थालिएको हो । सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ।

यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताएका छन् । ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए ।

तस्वीरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय