आइपिएल क्रिकेटको ‘मिनी अक्सन’ आज हुँदै

काठमाडौं, ८ पुस । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको मिनी अक्सन आज हुँदै छ । भारतको कोची सहरमा दिउँसो पौने ३ बजेदेखि खेलाडीहरुको लिलामबिक्री अर्थात् अक्सन सुरु हुने छ ।

४०५ खेलाडी रहेका अक्सनमा २७३ भारतीय र १३२ विदेशी खेलाडी रहेका छन् । तीमध्ये ११९ क्याप्ड खेलाडी छन् भने २८२ खेलाडी अनक्याप्ड छन् ।

फ्रेन्चाइज टोलीले कम्तिमा १८ देखि बढीमा २५ खेलाडी आफ्नो टोलीमा समावेश गर्न पाउने व्यवस्था छ ।

आइपिएलको १६औं संस्करण आउँदो मार्चमा आयोजना हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...