बाक्लो हुस्सुका कारण उडान प्रभावित

काठमाडौं, ७ पुस । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा वाह्य उडान प्रभावित भएको छ ।

विहानैदेखि बाक्लो हुस्सुर कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो ।

विमानस्थल स्रोतका अनुसार खराब मौसमका कारण नेपाल एअरलाइन्स र एअर इण्डियाकोविमान होल्डमा रहेका छन् ।

आन्तरिकतर्फको उडान पनि ठप्प रहेको छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय