छक्का पञ्‍जा-४ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं, ७ पुस । चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले प्रदर्शन मिति उल्लेख भएको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दीपक एक्लै देखिएका छन् भने उनको राजा चरित्र देख्‍न सकिन्छ ।

आमा सरस्वती मूभिज र आइएमइको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका छन् । निर्मातामा दीपक र दीपाश्री निरौला छन् भने कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

चलचित्र फागुन १९ गते रिलिज हुँदैछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय