नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज
निर्वाचित भएको प्रमाणपत्र लिएर आउन सचिवालयको अनुरोध
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।
दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा हुने शपथ समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबरले अन्य सांसदहरूलाई सपथ खुवाउने कार्यक्रम छ ।
शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ भने नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम समेत आयोजना गरिएको छ ।
शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा अनुरोध गरिएको छ ।
ज्येष्ठ सदस्य राणाले बुधबार नै राष्ट्रपतिबाट शपथ ग्रहण गरिसकेका छन् ।


