जाडोमा छालाको स्याहार कसरी गर्ने ?
जाडो मौसम भनेको छालाका लागि सुख्खा याम हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सिधा असर छालामा पर्छ ।


चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ जसबाट कसरी बच्ने र छालालाई सुख्खा हुनबाट कसरी जोगाउनुपर्छ भन्ने बारेमा थाहा हुनु जरुरी छ । सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ ।
-जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।
-खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ ।
-छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ ।
-धेरै तातो पानीले सावरबाट सिधै नुहाउने गर्नु हुँदैन ।
-एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । नुनमा हुने सोडियम क्लोराइडले पानीको ताजापनलाई जोगाउन सहयोग गर्छ ।
-कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।
-नुहाउना साथै तेल अथवा मोइस्चराइजर लगाइहाल्ने । बाथरुममै तेल वा मोइस्चराइजर राख्ने बानी गर्नुस् र टाबेलले शरीर पुछ्नेबित्तिकै लगाउनुस् । तेल वा मोइस्चराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ, जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
-यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।
यति गर्दा गर्दै पनि तपाइको छाला सुख्खा हुने र फुट्ने समस्याहरु जारी भइराख्ने गरेको छ भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।
Comments
