विवाहमा नाच्‍न नदिएको निहुँमा झगडा हुँदा युवकको ज्यान गयो

पर्सा, ६ पुस । पर्साको जगरथानपुरमा एक विवाह समारोहमा झगडा हुँदा युवकको मृत्यु भएको छ । जगरनाथपुर-३ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको कुटपिटबाट मृत्यु भएको हो ।

स्थानीय साबिर राउत गद्दीको विवाहमा सहभागी भएका सैमुल्लाहले अन्य सहभागीलाई नाच्‍न नदिएपछि विवाद उत्पन्‍न भएको र त्यसपछि उनीमाथि कुटपिट हुँदा गम्भीर घाइते भएका थिए ।

घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

थप विवरण पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय