के एलन मस्कले छाड्दैछन् ट्वीटरको सिइओ पद ?
काठमाडौं, ६ पुस । विश्वका नम्बर एक अर्बपति एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी पद सिइओ छाड्ने संकेत गरेका छन् । बुधबार एक ट्वीट गर्दै उनले सकेसम्म छिटो राजीनामा दिने बताएका हुन् ।


उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल समेत राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए ।
उक्त पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए भने ४२.५ प्रतिशत मत हुनु पर्दैन भन्ने पक्षमा परेको थियो । त्यसपछि उनले पद छाड्ने संकेत गरेका हुन् ।
I will resign as CEO as soon as I find someone foolish enough to take the job! After that, I will just run the software & servers teams.
— Elon Musk (@elonmusk) December 21, 2022
टेस्ला र स्पेसएक्सका समेत मालिक रहेका एलन मस्कले ट्वीटरको स्वामित्व खरिद गरेपछि धेरै कुरा परिवर्तन गर्ने कोसिस गरेका थिए जसबाट उनको आलोचना भएको थियो ।
उनले ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने भनेर निर्णय गरेपछि विश्वभरबाट आलोचना भएको थियो ।
Comments
