चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुईजनाको ज्यान गयो

सर्लाही, ६ पुस । सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका-९ पिडारीटोलका अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र हरिपुर-६ लक्ष्मीपुरका ८० वर्षीय रामभगत माझीको मृत्यु भएको हो ।

पुस ३ गते श्‍वासप्रश्वासमा समस्या देखिएपछि राजेन्द्रलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको तर रौतहटको चपुरमा पुग्दा पुस ४ गते विहान उनको मृत्यु भएको थियो ।

त्यसैगरी रुघाखोकीसहित श्‍वासप्रश्‍वासमा समस्या देखिएका रामभगतको मंसिर २२ गते नै विहान ९ बजे चिसोकै कारण मृत्यु भएको स्थानीयले मङ्गलबार मात्रै जानकारी गराएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय