देउवासँग गगन लड्ने, कोइराला ब्याक !

काठमाडौं, ५ पुस । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी महामन्त्री गगन थापा बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
पार्टीको संस्थापन इतर समूहको बैठकबाट भावि प्रधानमन्त्रीमा गगन थापा साझा उम्मेदवार बन्ने निर्णय भएपछि दलको नेतामा सभापति र महामन्त्री भिड्ने पक्का भएको हो । नेपाली काङ्ग्रेसको बिधान अनुसार संसदीय दलको नेता प्रधानमन्त्री उम्मेदवार बन्ने छ ।
मंगलबार बिहान शेखर कोइराला र गगन थापा समूहका नता बिच भएको छलफलमा शेखर कोइरालाले संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने बताएपछि देउवा र थापा बिच चुनाब हुने भएको हो ।
काङ्ग्रेस संसदीय दलको नेता चयनको लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

