भगवानलाई महानगर गौरव सेवा सम्मान

काठमाडौं, २ पुस । काठमाडौं महानगरपालिकाको २८औं महानगर स्थापना दिवसको सन्दर्भमा कामनपा वडा नम्बर-६ का सदस्य नरेन्द्र थापा(भगवान) सहित विभिन्न व्यक्ति सम्मानित भएका छन् ।
महानगर स्थापना दिवस मूल समारोह समितिले एक कार्यक्रमको आयोजना गरी भगवान सहित अन्यलाई पनि सम्मान गरेको हो ।
महानगरपालिका प्रमुख बालेन्द्र शाहले गौरव सेवा पदक र १ लाख रुपैयाँ नगद सहित थापालाई सम्मान गरेका थिए । जनप्रतिनिधिको रुपमा उत्कृष्ट काम गर्दै जनताको सेवामा निरन्तर क्रियाशील रहेका थापा दोस्रो कार्यकालको लागि पनि वडा सदस्य निर्वाचित भएका हुन । उनी २०७४ सालको स्थानीय निर्वाचन र २०७९ को स्थानीय निर्वाचनमा विजयी भएका हुन् ।
यसैगरी महानगर प्रमुख बालेन्द्र शाहले महानगर प्रहरी बलको प्रमुख राजुनाथ पाण्डेलाई पनि सम्मान गरे । पान्डेलाई पनि महानगर सेवा गौरव पुरस्कार बाट सम्मान गरिएको हो । पाण्डेले काठमाडौं महानगरको सबैभन्दा प्रतिष्ठित ‘महानगर सेवा गौरव पुरस्कार’ पाएका हुन । उनले नगद १ लाख र स्वर्ण पदक पाए ।
सोहि कार्यक्रममा महानगर सेवा गौरवबाट ७ जना जनप्रतिनिधि र ५ जना कर्मचारी पनि सम्मानित भए । जनप्रतिनिधिहरु वडा अध्यक्ष रामकुमार के.सी, ध्रुवनारायण मानन्धर, मुकुन्द रिजाल, न्हुच्छेकाजी महर्जन, राजेन्द्र मानन्धर र उदयचुडामणि बज्राचार्य सम्मानित भएका हुन् ।

