स्याङ्जामा पर्खालले च्यापिएर धादिङका युवकको मृत्यु

स्याङ्जा, २ पुस । स्याङ्जाको वालिङमा शुक्रबार पर्खाल भत्किएर च्यापिँदा एकजनाको ज्यान गएको छ । वालिङ नगरपालिका-८ डुम्रिकोटस्थित डुम्रिकोट-मिर्दी सडकखण्डमा काम गर्ने क्रममा उक्त घटना घटेको हो ।

मृत्यु हुनेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ का ३० वर्षीय उमेश चेपाङ रहेका छन् । सडकको नालीमा सोलिङ गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएर चेपाङ गम्भीर घाइते भएका थिए ।

उनको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय