सिड्नी थन्डर्स १५ रनमै अल आउट !

काठमाडौं, २ पुस । अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा शुक्रबार एउटा नयाँ रेकर्ड बनेको छ । एडिलेड स्ट्राइकर्सविरुद्धको खेलमा सिड्नी थन्डर्स इतिहासकै कम योगफलमा अलआउट भएको हो ।
जीतका लागि १४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नी ५ ५ ओभरमा केवल १५ रनमा अलआउट भएको हो । पाँचजना ब्याटरले खाता खोल्न नसक्दा कसैले पनि दोहोरो अंकमा रन बनाएनन् ।
यो टी२० क्रिकेट (पुरुष) इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि टी२० क्रिकेटमा सबैभन्दा कम योगफल २०१९ मा चेक रिपब्लिकविरुद्ध टर्की २१ रनमा अलआउट भएको थियो । बिग ब्यासमा यसअघि सबैभन्दा कम योगफल २०१५ मा मेलबर्न रेनेगड्स मेलबर्न स्टार्ससँग ५७ रनमा अलआउट भएको थियो ।
सिड्नीको इनिङ ध्वस्त पार्न हेनरी थोर्नटनले पाँच विकेट लिँदा वेस एगरले ४ विकेट लिए । म्याट शर्टको नाममा एक विकेट रह्यो ।

