विश्‍वकप फुटबल: तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

काठमाडौं, २ पुस । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत तेस्रो स्थानका लागि आज खेल हुँदै छ । तेस्रो स्थानको प्लेअफमा आज क्रोएसिया र मोरक्को भिड्ने छन् । खेल राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो भने मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको थियो । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच भोलि प्रतिस्पर्धा हुने छ ।

यस विश्‍वकपमा मोरक्कोले सनसनीपूर्ण उडान भर्दै सेमिफाइनलमा पुग्‍ने पहिलो अफ्रिकी टोली बनेर इतिहास बनाएको थियो ।

आजको खेलमा क्रोएसियालाई हराएर विश्‍वकपको तेस्रो स्थान हासिल गर्दै थप रेकर्ड कायम गर्ने उसको सोच हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...