पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा पनि मूल्य घटाइएको हो ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।

पछिल्लो समय भारतबाट लगातार मूल्य घटेर आउँदा पनि नेपालमा मूल्य घटाइएको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय