पोखरामा गहना तथा नगद चोरी गर्ने टीका पक्राउ

पोखरा, १ पुस । पोखराका विभिन्न स्थानमा वृद्धाहरुलाई फकाईफुलाई सुनका गहना तथा नगद चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्ला मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा महानगरपालिका -४ गणेश टोल बस्दै आएकी ३४ वर्षीया टिका श्रेष्ठ रहेकी छन् ।
परिवारका अन्य सदस्य घरमा नभएको मौका छोपी वृद्धाहरूलाई फकाई फुलाई घाँटी तथा कानमा लगाएको सुनका गहना तथा नगद चोरी गरेको आरोपमा टीकालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनीमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

