साविक विजेता फ्रान्स विश्‍वकप फुटबलको फाइनलमा

काठमाडौं, २९ मंसिर । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्‍वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोलअन्तरले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।

फ्रान्सको जीतमा थिओ हर्नान्डेज र रन्दल कोलोमानीले एक-एक गोल गरेका थिए । दुवै हाफमा एक-एक गोल भएका थिए ।

खेलको पाचौं मिनेटमा नै हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएपछि पहिलो हाफमा फ्रान्स १-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ७९औं मिनेटमा कोलोमानीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएन र फ्रान्स २-० ले विजयी भयो ।

फ्रान्सले‌ अब उपाधिका लागि अर्जेन्टिनासँग आउँदो आइतबार खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय