विश्‍वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं, २८ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनल खेलआज हुँदै छ । साविक विजेता फ्रान्स र मोरक्को फाइनल प्रवेशका लागि भिड्दै छन् । खेल राति पौने १ बजेदेखि सुरु हुनेछ ।

फ्रान्सले क्‍वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो भने मोरक्कोले पोर्चुगलको चूनौति पन्छाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

मोरक्कोले यस विश्‍वकपमा बलिया टोलीलाई हराएर सनसनी मच्चाइरहेको छ । इतिहास रच्‍ने क्रममा मोरक्को विश्‍वकपको सेमिफाइनलमा पुग्‍ने पहिलो अफ्रिकी टोली समेत बनेको छ ।

यस खेलको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । अर्जेन्टिनाले गएराति क्रोएसियालाई हराएर फाइनलमा पुगिसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय