नेपाली मोया थाई टोली भारतको त्रिपुरा प्रस्थान

परेवान्युज

काठमाडौं, २७ मंसिर । दक्षिण एसियाली मोया थाई महासंघ को आयोजना मा डिसेम्बर १५ तारिख देखि १७ सम्म भारत को त्रिपुरा, अग्रतलामा हुने प्रथम दक्षिण एसियाली मोया थाई सम्मेलनमा भागलिने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल मोया थाई संघका महासचिव सुदिप पण्डितको नेतृत्वमा मोयाथाई संघका प्रतिनिधि र खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रथम दक्षिण एसियाली मोया थाई महासंघ ले आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाली मोया थाई महासंघ को अधिबेसन्,रेफ्री कोच सेमिनारलगायत कार्यक्रम पनि सम्पन्न हुनेछ ।

सम्मेलनमा नेपाल मोया थाई संघका महासचिब पण्डित सहित महिला प्रतिनिधि तुलसी थापा मगर र खेलाडी योगकुमार थापामगरको सभागिता रहने संघका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

सुदिप पण्डितले रेफ्री सेमिनारमा सहभागिता जनाउनेछन भने तुलसी थापा मगरले महिला प्रतिनिधी र कोचको रुपमा र योगकुमार थापा मगरले SAM Fight Night को ६७ केजी को मुख्य इभेन्टमा प्रतिस्पर्धा गर्नेछन। यसमा १५ सय अमेरिकी डलर पुरस्कार समेत रहेको छ ।

सहभागी हुन जाने टोलिलाई नेपाल मोया थाइ संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले एक कार्यक्रमका बीच यात्रा र कार्यक्रम सफलताको शुभकामना सहित बिधाइ गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय