जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोट, २६ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार बेलुका करिब ४ बजेतिर भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको जनाइएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट करिब २०० मिटर तल खस्दा ८ जनाको मृत्यु भएको हो ।

मृतकको सनाखत भइसकेको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय