जीप दुर्घटनामा चालकको ज्यान गयो

बैतडी, २३ मंसिर । बैतडीको डंसेलीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार विहान पाटन नगरपालिका-१० डंसेलीमा से १ ज ८१६ नम्बरको जीप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो ।

जीपमा चालक मात्र सवार रहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय