आजदेखि मेलम्चीको पानी वितरण पुन: सुरु गरिँदै

काठमाडौं, २३ मंसिर । वर्षाका बेला बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण आजदेखि पुनः सुरु गरिंदै छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार विहान महांकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्दै छन् ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार अब लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना रहेको छ । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो ।

तर जेठमा मेलम्ची खोलामा आएको बाढी पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि रोकिएको पानी वितरण मर्मत सम्भारपश्‍चात् गरेर २०७८ चैतमा दोस्रोपटक वितरण गरिएको थियो । वर्षा सुरु भएपछि पुनः बन्द गरेर अहिले हिउँदमा पानी वितरण गर्न थालिएको हो ।

केयूकेएलका अनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक १० करोड लिटर र पछि १७ करोड लिटर पानी वितरण गर्ने योजना छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...