विश्‍वकप फुटबलमा क्‍वाटरफाइनलका खेलहरु आजदेखि

काठमाडौं, २३ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत क्‍वाटरफाइनलका खेलहरु आजदेखि सुरु हुँदै छन् । क्‍वाटरफाइनलका चारमध्ये दुई खेल आजै राति हुने छन् ।

पहिलो क्‍वाटरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्ने छ । खेल राति पौने ९ बजेदेखि सुरु हुने छ । ब्राजिलले दक्षिण कोरिया तथा क्रोएसियाले जापानलाई हराएर क्‍वाटरफाइनलमा स्थान बनाएका थिए ।

त्यसैगरी दोस्रो क्‍वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्ने छ । उक्त खेल राति पौने १ बजेदेखि सुरु हुने छ । अन्तिम १६ मा अर्जेन्टिनाले अस्ट्रेलियालाई तथा नेदरल्यान्ड्सले अमेरिकालाई हराएका थिए ।

आजको खेलमा ब्राजिल र अर्जेन्टिना दुवै विजयी भएमा यी दुई चिरपरिचित प्रतिद्वन्दीको भेट सेमिफाइनलमै हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय