काठमाडौं-३ का विजयी सांसदलाई बधाई

काठमाडौं, २१ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३का निर्वाचित सांसदहरुलाई बधाई र शुभकामनाको ओइरो लागेको छ । चुनाव जितेपछि सांसदहरुलाई टोल-टोलमा बोलाएर स्थानीयले बधाई दिएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे तथा प्रदेश सभामा छिरिङ दोर्जे लामा र बिमल ठकुरी निर्वाचित भएका हुन् । उनीहरु सबै नेपाली काङ्ग्रेसका सांसद हुन् ।


निर्वाचित सांसदहरुलाई बौद्ध, अरुणिमा टोल, जोरपाटी, सरस्वतीनगर, आरुबारी, बालुवा, सुन्दरीजल लगायत क्षेत्रमा बधाई तथा शुभकामना दिने कार्यक्रम सम्पन्न भइसकेको छ ।
चुनाव अगाडी घरदैलो गरेर भोट मागेपछि चुनाव जितेर पनि जनताको घरदैलो र टोलमा पुगेर धन्यवाद दिनु र बधाई लिनुले राजनीतिक दल र जनताको सम्बन्ध अझै सुमधुर हुने नेताहरूको विश्वास छ ।

