स्वीस पोस्टमा पोर्चुगलको आधा दर्जन गोल, क्‍वाटरफाइनलमा प्रवेश

काठमाडौं, २१ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत गएराति भएको प्रिक्‍वाटरफाइनलको खेलमा पोर्चुगलले फराकिलो जीत निकालेको छ । पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलअन्तरले हराएको हो ।

पोर्चुगलको जीतमा गोन्सालो रामोसले ह्याट्रिक गर्दा पेपे, राफायल गुएरेरो र राफायल लियोले एक-एक गोल गरे । स्वीट्जरल्यान्डका मानुएल अकान्जीले सान्त्वना गोल फर्काए ।

खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा पेपेले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० ले अगाडि राखे ।

दोस्रो हाफको ५१औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रतामा पुर्‍याए भने ५५औं मिनेटमा गुएरेरोले गोल गरेपछि पोर्चुगल ४-० ले अघि बढ्यो ।

५८औं मिनेटमा अकान्जीले गोल गर्दै गोलअन्तर घटाउने प्रयास गरेपनि ६७औं मिनेटमा रामोसले ह्‍याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रतामा पुर्‍याए ।

इन्जुरी समयको दोस्रो मिनेटमा लियोले गोल गर्दै पोर्चुगलको आधा दर्जन गोल पुर्‍याए र पोर्चुगलको ६-१ को जीत सुनिश्‍चित गरे ।

पोर्चुगलले अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोको सामना गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय