स्पेनमाथि ऐतिहासिक जीत निकाल्दै मोरक्को क्‍वाटरफाइनलमा

काठमाडौं २१ मंसिर । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्‍वकप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३ ० ले हराउँदै मोरक्कोले इतिहासमै पहिलोपटक क्‍वाटरफाइनलमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा स्पेनका तीनमध्ये दुई प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोले बचाए भने एक प्रहार मिस भयो । मोरक्कोका चारमध्ये तीन पेनाल्टी किक गोल भए ।

मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जिएच र अचरफ हाकिमीले गोल गर्दा बदर बनोउनेले गोल गर्न सकेनन् । स्पेनका पाब्लो साराबियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई बोनोले बचाए ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा कुनैपनि टोलीबाट गोल हुन सकेन । बल पोसेसनमा लगातारजसो पकड जमाएपनि स्पेनले गोल भने गर्न सकेन । मोरक्को पहिलोपटक क्‍वाटरफाइनलमा पुग्दा पूर्वविजेता स्पेन भने लगातार दोस्रोपटक अन्तिम १६ बाटै बाहिरिएको हो ।

सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ मा रसियासँग टाइब्रेकरमा पराजित भएर बाहिरिएको थियो ।

मोरक्कोले अब सेमिफाइनल प्रवेशका पोर्चुगलको सामना गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय