प्युठानमा बिहेभोज खाएका ३५ जना बिरामी

प्युठान, २० मंसिर । प्युठानमा विवाहको भोज खाएका जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका हुन् ।

शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको थियो ।

बिरामी परेकाहरु सबैको अवस्था अहिले सामान्य छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय