पोखरामा मेलाको रोटेपिङ बाट खसेर चारजना घाइते

पोखरा, १९ मंसिर । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएको रोटेपिङ खेल्ने क्रममा पिङबाट खसेर चारजना घाइते भएका छन् ।

आइतबार साँझ मेलाभित्र बाल उद्यानमा राखिएको पिङको डब्बा कोल्टिएर उक्त घटना घटेको हो । घाइते हुनेमा ६ वर्षीया बालिकासहित चारजना रहेका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय