मेटलाइफ नेपाल २१औं वर्षमा

काठमाडौं, १९ मंसिर । विश्वको अग्रणी जीवन बिमा कम्पनी मेटलाइफ (MetLife) इन्स्योरेन्स कम्पनीले नेपालमा २१ वर्ष पूरा गरेको छ ।
सन् २००१ डिसेम्बर ५ तारीखदेखि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको रुपमा उसले नेपालमा जीवन बीमा व्यवसाय शुरु गरेको थियो । त्यो समय नेपालमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयका रुपमा कम्पनी सञ्चालन गरेको मेटलाइफसंग अहिले १० लाख भन्दा बढी बिमित र मुख्य शहरमा ब्रान्च र एजेन्सी अफिस संचालनमा छन् ।
विश्वमा १५४ वर्षको इतिहास भएको मेटलाइफले नेपालमा जीवन बिमा व्यवसाय सुरु गरेदेखि यता ३ सय १६ करोड भन्दा बढी दाबीहरू भुक्तानी गरेको छ । कम्पनीले ४५ हजार भन्दा बढी जनशक्ति विस्तार र सातवटै प्रदेशमा कम्पनीको सेवा विस्तार गरेको छ । मेटलाइफको बिश्वका ४० भन्दा बढी देशमा शाखा छ भने झन्डै १२ करोडको जीवन बिमा गरेको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफले विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये आफुलाइ सर्वश्रेष्ठ रुपमा स्थापित गराएको र करोडौ बिश्वास जितेको छ । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ बीमा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।
मेटलाइफले अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया तथा यूरोपका मुख्य देशहरूमा उत्कृष्ट कम्पनीको रुपमा सेवा दिदै आएको छ । नेपालको पुर्व इलामदेखि बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, लहान, गाइघाट, कटारी, जनकपुर, बिरगंज, हेटौंडा, नारायणघाट, बुटवल, पाल्पा, पोखरा, भैरहवा, सुर्खेत, दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगरसम्म शाखा तथा एजेन्सी अफिस सञ्चालनमा छन् ।






