सेनेगलमाथि सहज जीत‌ निकाल्दै इंग्ल्यान्ड विश्‍वकप फुटबलको अन्तिम आठमा

काठमाडौं, १९ मंसिर । इंग्ल्यान्ड‌ कतारमा जारी फिफा विश्‍वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यराति सम्पन्न खेलमा सेनेगललाई ३-० ले हराउँदै इंग्ल्यान्डले फ्रान्ससँगको भेट पक्का गरेको हो ।

इंग्ल्यान्डको जीतमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो‌ साकाले एक-एक गोल गरेका थिए । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले‌ दोस्रो हाफमा एक गोल थपेको हो ।

खेलको ३८औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै पहिलो हाफमा इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५७औं मिनेटमा साकाले गोल गरेपछि इंग्ल्यान्ड ३-० ले अघि बढ्यो । त्यसपछि थप गोल भएनन् र इंग्ल्यान्ड अगाडि बढ्यो ।

क्वाटरफाइनलमा दुई बलिया टोली फ्रान्स र इंग्ल्यान्डबीचको भिडन्त पक्का भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय