इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसले मनायो वार्षिकोत्सव

पोखरा, १८ मंसिर। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ् अध्ध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसले ३५ औं वार्षिकोत्सव मनाएको छ । यही मंसिर १० गतेबाट शुरु भएका वार्षिकोत्सवका कार्यक्रम १७ गते समापन भएको हो ।

समापन समारोहमा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले समयक्रम सँगै त्रिविले र ईअसले परिणाममुखी काम गरेको बताए । कार्यक्रमका इन्जिनियरिङ् अध्ध्यन संस्थानका डीन प्रा डा. शशिधर राम जोशीले विगतको तुलनामा पश्चिमाञ्चल क्याम्पसले नयाँ शैक्षिक कार्यक्रमहरु सन्चालन गर्न सफल भएको साथै नयाँ नयाँ शैक्षिक एवं रचनात्मक अभ्यास गर्दै आएकोमा खुशी ब्यक्त गरे ।

पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख निर्मलप्रसाद बरालको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख ईश्वर केसीले गरेका थिए । अतिथिहरुलाई सहायक क्याम्पस प्रमुख सुरेश तिमिल्सनाले स्वागत गरेका थिए । इन्जिनियरिङ् अध्ध्यन संस्थानका सहायक डीन सुशीलबहादुर बज्राचार्य तथा सस्थानका सबै आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुको उपस्थितिले समापन समारोहको गरिमा बढाएको क्याम्पस प्रशासक तथा सुचना अधिकारी खेमबहादुर पुलामीले बताए ।

समापन कार्यक्रममा क्याम्पस प्रमुखले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख अथिथि प्राडा भुषालले Nepal Journals Online -NepJOL को विमोचन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले पुरस्कार र छात्रवृत्ति, लामो अबधि २० बर्ष भन्दा बढी त्रि.वि. सेवा गरेका शिक्षक कर्मचारीले सम्मान, साथै पुर्व क्याम्पस प्रमुख लाई कदरपत्र प्रदान गरिएको थियो ।

आठ दिन सम्म चलेका विभिन्न कार्यक्रम मध्य स्थानिय अभिभावक र बुद्धिजीवीसँगको अन्तक्र्रिया , भुतपूर्व विद्यार्थी Alumniहरुसँगको भेटघाट कार्यक्रम, तथा सरकार शिक्षाविद र उद्योगीसँगको अन्तक्रिया कार्यक्रम लाई धेरैले चासो दिएका र प्रभावकारी भएको पूर्व क्याम्पस प्रमुख तथा अनुसन्धान ब्यबस्थापन ईकाइका प्रमुख डा कृष्णराज अधिकारी ले जानकारी दिए ।

दोस्रो ईअस कप – पुल्चोक क्याम्पसलाई

वार्षिकोत्सवकै अबसरमा पश्चिमाञ्चल क्याम्पस प्राध्यापक संघ र कर्मचारी संघले सम्युक्त रुपमा आयोजना गरेको दोस्रो ई.अ.स. कप (फुटबल) को उपाधि पुल्चोक क्याम्पसले हात पारेको छ ।

पश्चिमाञ्चल क्याम्पसको फुटबल मैदानमा भएको उक्त कपमा ई.अ.स. का पाँच टोलीको सहभागिता थियो। बिजेता टोलिले कप मेडल सहित नगद पुरस्कार ६६हजार ६सय ६६ रुपिया प्राप्त गरेको र उप बिजेता पुर्वान्चल क्याम्पसधरानले दोस्रो स्थानको कप मेडल सहित नगद पुरस्कार ४४हजार ४सय ४४ रुपिया प्राप्त गरेको जानकारी त्रि.वि. प्राध्यापक संघ पश्चिमाञ्चल क्याम्पसका सभापति राजेश भट्टराईले दिए ।

त्रि.वि. कर्मचारी संघ पश्चिमाञ्चल क्याम्पसका सभापति दिलबहादुर थापाले प्राध्यापक र कर्मचारीको सहकार्य उच्च शैक्षिक सस्था को लागि अपरिहार्य रहेको उल्लेख गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...