आधा रातसम्म बाबुरामले हेरे मेस्सीलाई !

काठमाडौं, १८ मंसिर। अहिले फिफा विश्वकप फुटबलको सुपर १६ को खेल चलिरहेको छ । खेलप्रेमी दर्शकले आधारात सम्म बसेर आफ्नो टिमलाई हुटिङ गर्ने र जिते बधाई र हारे सहानुभूति दिने गरेको पाइन्छ ।
यसपटक एशियाली राष्ट्र कतारमा भैरहेको विश्वकपले पुरै विश्वको ध्यान खिचेको छ । उपाधिकै दाबेदार मानिएका केही राष्ट्र बाहिरिनु र केहिले कठिन संघर्षपछि सुपर-१६ मा प्रवेश पाउनु पनि रोचक नै बन्यो । अब क्वाटरफाइनल, सेमिफाइनल र फाइनल सम्म कुन राष्ट्रले नाम लेखाउँछ हेर्न बाँकी छ ।
नेपालमा पनि विश्वकपले धेरै दर्शकको ध्यान खिचेको छ । त्यसमा केही दर्शक पुर्वमन्त्री, सभामुख र पुर्वप्रधानमन्त्री सम्म पनि छन् । पुर्वसभामुख सुवास नेम्वाङ जर्मनीका समर्थक हुन् । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अर्जेन्टिनाका फ्यान हुन् । उनी अर्जेन्टिना हारोस् वा जितोस् तर कहिल्यै अर्जेन्टिनाको समर्थन गर्न नछाड्ने बताउँछन् ।
यस्तैमा पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि अर्जेन्टिना र मेस्सीको फ्यान हुन् । उनले मेस्सीको लागि रातको निद्रा समेत मारेका छन् ।
शनिबार रातिको खेल हेरेपछि डा.बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्-‘मेस्सीलाई वर्ल्ड कपमा फेरि हेर्न पाइन्छ कि पाइन्न भन्ने उत्सुकताले राती अवेरसम्म बसेर हेरियो’
उनको ट्विट हेरौं:-
मेस्सीलाई वर्ल्ड कपमा फेरि हेर्न पाइन्छ पाइन्न भन्ने उत्सुकताले राति अवेरसम्म बसेर हेरियो! उत्कृष्टताको राम्रै रसास्वादन भयो।फुटबल सामुहिक खेल हुनाले टिमवर्कको महत्व पनि राम्रै वोध भयो।बाॅकी खेलहरू पनि रोचक रहून्! सबै खेलाडीहरूलाई सलाम! pic.twitter.com/m3wg1IqND7
— Baburam Bhattarai (@brb1954) December 3, 2022

