नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य, ज्ञानेन्द्रको अर्धशतक

काठमाडौं, १६ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले नामिबियालाई १९८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९७ रन बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए । ज्ञानेन्द्रले ओडिआई करियरको छैटौं अर्धशतक प्रहार गर्ने क्रममा ७ चौका र २ छक्का प्रहार गरे ।

आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाउँदा अर्जुन साउद र गुल्शन झाले समान १८ रन बनाए । नामिबियाका ताङ्गेनी लुङ्गामेनीले ३, कार्ल बर्कनस्टकले २ विकेट लिँदा जेजे स्मिट, बर्नार्ड स्कोल्ज, जेरार्ड इरास्‍मसले १-१ विकेट लिए ।

नामिबिया केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय