क्रिकेट विश्वकप लिग टु मा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १६ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखला हिजोदेखि नामिबियामा सुरु भएको छ । श्रृंखलाअन्तर्गत नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।
नामिबियाको विन्डहकमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने छ ।
सन्दीप लामिछाने निलम्बनमा परेपछि नियुक्त भएका नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो लिग टु खेल खेल्दै छ ।
गएको जुलाइमा यिनै तीन टोली सहभागी श्रृंखला स्कटल्यान्डमा भएको थियो जसमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा हार व्यहोरेको थियो ।
स्कटल्यान्डलाई एक खेलमा हराउँदा एक खेलमा पराजित भएको थियो ।

