विश्‍वकप फुटबल: जापानले स्पेनलाई हरायो, दुवै अन्तिम १६ मा

काठमाडौं, १६ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत गएराति भएको समूह इ को अन्तिम खेलमा जापानले सनसनीपूर्ण जीत निकालेको छ । जापानले स्पेनलाई २-१ गोलअन्तरले हराएको हो ।

जापानको जीतमा रित्सु दोआन र आवो तनाकाले १-१ गोल गरे । स्पेनका अल्भारो मोराटाले गरेको गोल सान्त्वना बन्यो । पहिलो हाफमा लिएको अग्रता स्पेनले दोस्रो हाफको सुरुवाती समयमै गुमाउन पुगेको थियो ।

खेलको ११ं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती समयमै जापानले २ गोल थप्‍यो । ४८औं मिनेटमा दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटमै तनाकाले गोल गर्दै जापानलाई खेलमा अगाडि ल्याए ।

त्यसपछि कुनै गोल भएनन् र जापान विजयी हुँदै ३ खेलमा ६ अंक जोडेर समूहविजेता बन्यो । हारका बाबजुद स्पेन उपविजेता हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । स्पेनको ३ खेलमा ४ अंक भएपनि गोलअन्तरमा जर्मनीभन्दा अगाडि रहेर अन्तिम १६ मा छनौट भयो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय