फ्रान्सलाई हराएपनि ट्युनिसिया विश्‍वकपको नकआउट चरणमा पुग्‍न असफल

काठमाडौं, १४ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत समूह डी को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियनविरुद्ध ट्युनिसियाले १-० को जीत निकालेको हो ।

ट्युनिसियाको जीतमा खेलको दोस्रो हाफमा भएको एकमात्र गोल नै निर्णायक बनेको थियो । खेलको ५८औं मिनेटमा वाह्बी खाज्रीले गोल गर्दै ट्युनसियालाई अग्रता दिलाए र त्यसपछि कुनै गोल ननिस्किँदा ट्युनसिया ३ अंक जोड्न सफल भयो ।

यद्यपि ट्युनिसिया अघिल्लो चरणमा प्रवेश गर्न भने सकेन । अर्को खेलमा अस्ट्रेलियाले जीत निकालेसँगै ट्युनिसियाको अगाडि बढ्ने यात्रामा पूर्णविराम लागेको हो ।

यस समूहबाट फ्रान्स र अस्ट्रेलियाले ६-६ अंक जोड्दै अन्तिम १६ मा स्थान पक्का गरे । गोलअन्तरका आधारमा फ्रान्स शीर्षमा रहँदै समूहविजेता बनेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय