विश्‍वकप फुटबलमा वेल्समाथि इरानको शानदार जीत

काठमाडौं, ९ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा वेल्समाथि इरानले जित हासिल गरेको छ । एसियन राष्ट्र इरानले वेल्सलाई २-० गोलअन्तरले हराएको हो ।

इरानको जीतमा दुवै गोल दोस्रो हाफको इन्जुरी समयको अन्त्यतिर भएका थिए । इरानका लागि रोज्बे चेस्मी र रामिन रेजियनले १-१ गोल गरे ।

इन्जुरी समयको आठौं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमै रेजियनले अर्को गोल थप्दै इरानको जीत पक्का गरे ।

निर्धारित समयको अन्त्यतिर वेल्सका गोलरक्षक वेन हेनेस्से रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि वेल्स १० खेलाडीमा सिमित भएको थियो । त्यसको फाइदा उठाउँदै इरानले गोल गर्न सफल भयो ।

जीतसँगै इरानले समूह बी मा २ खेलबाट ४ अंक जोडेको छ र अघिल्लो चरणको सम्भावना प्रवल बनाएको छ । वेल्स भने २ खेलमा १ अंक मात्र जोड्न सकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय