काठमाडौं-३ मा समानुपातिक मत: रुख पहिलो, घन्टी तेस्रो

काठमाडौं, ९ मंसिर । समानुपातिक मतको गणना हुँदा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली काँग्रेसको रुख चिन्हमा सबैभन्दा बढी मत आएको छ । भर्खरै सकिएको प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीको मतगणनामा काङ्ग्रेस पछि एमालेको सुर्य र तेस्रोमा रास्वपाको घण्टीमा बढी मत आएको छ ।
निर्वाचनको अन्तिम परिणामअनुसार काँग्रेसले १० हजार ६ सय १९ मत पाएको छ भने नेकपा एमालेले ९ हजार ४४९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार २१८ मत पाएको छ ।
त्यसैगरी राप्रपाले ४ हजार ९६०, माओवादी केन्द्रले १ हजार ३३३, नेकपा एकीकृत समाजवादीले ५७०, स्वतन्त्र लौरोले ४३४ तथा आमा चुनाव चिह्नले ११० मत भएको छ । अन्य दलको सय भन्दा कम मत छ ।
यस क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशमा प्रत्येक्ष तर्फ भने सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका सन्तोष चालिसे र प्रदेशमा पनि नेपाली काङ्ग्रेसकै छिरिङ दोर्जे लामा र बिमल ठकुरी विजयी भएका हुन् ।

