क्यामरुनमाथि स्वीट्जरल्यान्डको साँघुरो जीत

काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत बिहिबार भएको पहिलो खेलमा स्वीट्जरल्यान्ड विजयी भएको छ । स्वीट्जरल्यान्डले क्यामरुनलाई १-० ले हराएको हो ।

स्वीट्जरल्यान्डको जीतमा ब्रील इम्बोलोले गरेको एकमात्र गोल नै निर्णायक बन्‍न पुग्यो । उनले दोस्रो हाफको ४८औं मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डलाई अग्रता दिलाए ।

त्यसपछि थप गोल हुन सकेन र एक गोलको मद्दतले स्वीट्जरल्यान्ड ३ अंक जोड्न सफल भयो । यस समूहको अर्को खेलमा राति ब्राजिल र सर्बिया भिड्दै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय