काठमाडौं-३ मा काङ्ग्रेसको विजयोल्लास (तस्वीर सहित)

परेवान्युज

काठमाडौं, ७ मंसिर । नेपाली काङ्ग्रेसले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ मा ‘क्लिन स्वीप’ गरेको खुसीमा बुधबार विहान विजय र्‍याली गरेको छ । मंगलबार राति सम्पन्‍न मतगणनाबाट नेपाली काङ्ग्रेसका तीनैजना उम्मेदवार विजयी भएको घोषणा भएको थियो ।

प्रतिनिधिसभामा सन्तोष चालिसे, प्रदेश सभा(१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(२) मा बिमल ठकुरी बिजयी भएका हुन् । सन्तोष चालिसेले एमाले उम्मेदवार कृष्ण राइलाई पराजित गरेका हुन् भए छिरिङ दोर्जे लामाले एमाले उम्मेदवार चन्द्रमान लामा र बिमल ठकुरीले एमाले उम्मेदवार रामेश्वर फुयाललाई पराजित गरेका हुन् ।

‘काठमाडौं-३ का सबै सिट सुरक्षित गर्न सफल भयौं’, चुनाव परिचालन एवं प्रचारप्रसार संयोजक हरिबोल भन्डारीले भने- ‘हाम्रो पार्टी, गठबन्धनका साथीहरू र आम नेता कार्यकर्ता अनि शुभेच्छुकहरु सबै मिलेर जुन मेहनत गरेका थियौं रिजल्ट पनि सकारात्मक आयो, मेहनत खेर गएन ।’

हेर्नुस् तस्वीर:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय