चितवन २ मा रविको गति बढ्दो क्रममा
प्रतिक भट्ट
चितवन, ७ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अगाडि छन् । पछिल्लो समयमा उनले अग्रता फराकिलो पार्दै गइरहेका छन् ।
हालसम्म करिब २७ हजार मतगणना हुँदा रवि १३ हजार ६४१ मतसहित अगाडि छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेल ६ हजार २४९ मतसहित दोस्रोमा छन् भने नेपाली काँग्रेसका उमेश श्रेष्ठले ५ हजार ९६५ मत पाएका छन् ।
मङ्गलबार दिउँसो कालिका नगरपालिकाको मत गन्न सुरु भएदेखि रविले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

